राजनीति

निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्छः शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।

आइतबार विराटनगरस्थित निवासका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले लोकतन्त्रामा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले कुनै बहानामा पनि निर्वाचन सार्न नहुने बताएका हुन् ।

ऐन संशोधन गरेर निर्वाचन सार्न नहुने बताउँदै नेता कोइरालाले निर्वाचन आयोगसँग छलफल गरी चाँडै नै मिति टुंगो लगाउनु पर्ने उनले बताएका छन् ।

‘गठबन्धनका दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ,’ कोइरालाले भने ।

त्यसैगरी प्रदेश १ को नामाकरण दलहरुको सहमतिको आधारमा गर्नु पर्ने उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *