काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ ।
१० दिनपछि माघ २६ गते दिउँसो १ बजेका लागि बैठक सारेको संघीय संसद सचिवालयले जनाएको छ।
संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत् रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले १० दिन पछि बैठक सारेको बताए।




