अर्थ

सुनको मुल्य क्रमश ओरालो लाग्यो, ९२ हजार दुई २०० रुपैयाँमा कारोबार

काठमाडौं । आइतबार सुनको मूल्य थप ४०० रुपैयाँले घटेको छ।

शुक्रबार अधिकतम तोलामा ९०० रुपैयाँले घट्दै ९२ हजार ६०० मा झरेको सुनको मूल्य थप आज ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *