विश्व

भारतमा पछिल्लो २४ घण्टामा २.३२ लाख नयाँ संक्रमित, ८८६ को मृत्यु

काठमाडौं । भारतमा शुक्रबार २.३५ लाख संक्रमित भेटिए र ८७१ को मृत्यु भएको थियो ।


शनिबार २.३२ लाख नयाँ संक्रमित भेटिए र ८८६ को मृत्यु भएको छ । त्यस्तै ३.५१ लाख निको भएका छन् ।

अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो ९ दिन देखि नयाँ संक्रमितमा लगातार गिरावट देखिएको छ ।


तेस्रो लहरका बेला २० जनवारीमा सबैभन्दा बढी ३.४७ लाख नयाँ संक्रमित भेटिएका छन् । हाल देशमा सक्रिय संक्रमित बिरामीको संख्या १८.७७ लाख छ ।

महामारीको सेरुवातदेखि हालसम्म देशमा करिब ४.१० करोड जोेना संक्रमणको चपेटामा आइसकेको छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *