रिबन

काठमाडौंमा सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर, अरु के-के खुल्याे ?

काठमाडौं । काठमाडौंमा जोर बिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, बैठक तथा सिनेमा हल, डान्सबार, दोहोरी, स्वीमिङ पुल, फुटसल, जीमखाना रङ्गशाला चिडियाखाना, कभर्ड हल महोत्सव, हाटलगायत भीडभाड हुने कार्यक्रम नगर्न/नगराउन भनिएको तर पूर्वनिर्धारित अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पालना गराइ प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न पाइने छ । शैक्षिक क्रियाकलाप भने माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्नुपर्ने छ । जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *