१,
रोएको मन
एकान्त प्रिय लाग्छ
आफै बिर्सेर !
२,
आँखा चिम्लदै
मायाको अँगालोमा
सपना हाँस्यो !
३,
मनले खोज्यो
भावनाको चौतारी
भेट्नै मुस्किल !
४,
घिन मानेर
ओझेलो पर्न खोजेँ
चम्क्यो बिजुली !
५,
तिम्रो हाँसोमा
स्वार्थको गन्ध देखेँ
यथार्थ बुझ !
६,
आफू जलेर
तिमीलाई बचाएँ
स्वार्थी संसार !




