काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज एकै दिन १० जनाको संक्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ ।




