रिबन

खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिने क्रिकेट संघको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघले अनुशासन उल्लङ्घन सम्बन्धि यसअघि खेलाडीमाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

आज भैरहवामा सम्पन्न क्रिमेट संघको बैठकले चार जना खेलाडीहरूमाथि गरेको सन् २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने यसअघिको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।

त्यसबाहेक खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही १ लाख दिने निर्णय समेत क्यानले गरेको छ ।

बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको छ ।

जसअनुसार ग्रेड एमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरि, सोमपाल कामी र करण केसीलाई राखिएको छ । त्यस्तै ग्रेड बि मा भने कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारीलाई राखिएको छ । ग्रेड सी तर्फ भने कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह एैरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफलाई राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *