रिबन

थप ८ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ८ हजार १७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५ हजार ८१६ र एन्टीजेन परिक्षणबाट २२०१ गरि कुल ८ हजार १७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.१ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १४९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ७३६ पिसिआर र ६०७२ नमुना एन्टीजेन परिक्षण गरि कुल २१ हजार ८०८ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेका छन् । त्यस्तै आइसीयुमा २५७ जना छन् भने देशभर ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १९३४ जना छन् भने होम आइसोलेसनमा ८८ हजार ६४२ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *