समाचार

प्रधानमन्त्रीले बोलाए पार्टी केन्द्रीय समितिको बैठक

संकल्पखबर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले केन्द्रीय समितिको बैठक भर्चुअल हुने बताइएको छ ।

पार्टीको १४ औं महाधिवेशनपछि बस्न लागेको बैठक तेस्रो हो । पार्टीको विधान अनुसार केन्द्रीय समिति १६८ हुने व्यवस्था रहेको छ । हाल १४८ केन्द्रीय सदस्य रहेका छन् ।

महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् भने १३ जनालाई सभापति देउवाले मनोनित गरिसकेका छन् ।

कांग्रेसको विधान अनुसार ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्न पाउने छन् ।

सभापति देउवाले अब थप २० जना केन्द्रीय सदस्य मनोनित गर्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *