रिबन

वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा आँखा रोगको उपचार सेवा प्रदान


संकल्पखबर । वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा आँखा रोगको उपचार हुने भएको छ।

अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रदान गर्ने तयारी गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ ।

अस्पतालमा आँखा विशेषज्ञ दुई जना डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ ।

सरकारी स्वामित्वको प्रदेश अस्पतालबाट आँखा रोगसम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालका रुपमा रहेको निर्देशक खड्काको दाबी छ ।

सामाजिक विकास मन्त्रालयले अस्पताललाई आवश्यक उपकरण खरिदलगायतका पूर्वाधार व्यवस्थापनका लागि रु २० लाख बजेट विनियोजन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *