संकल्पखबर। गुल्मी जिल्लाको मालपोत कार्यालय माघ १७ गतेसम्म बन्द हुने भएको छ।
कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि एक सातासम्मका लागि कार्यालय बन्द गरिएको हो।
मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेको कार्यालयले जानकारी दिएको छ।
कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द रहने जानकारी दिएको छ।
कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा हाल ३६१ जना कोरोनका सक्रिय संक्रमित छन् ।




