रिबन

हिन्दुराष्ट्र नेपालीको पहिचान र राज्य व्यवस्थाको मेरुदण्ड हाे -कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र नेपालीको पहिचान र राज्य व्यवस्थाको मेरुदण्ड भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत थापाले भनेका छन ‘नेपाल “हिन्दुराष्ट्र” हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने,धर्मको नाममा राज्य संचालन गर्ने वा पुजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन।हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो।’

हालै निर्वाचन आयोगले राप्रपालाई आफ्नो विधानबाट राजसंस्था, हिन्दु राष्ट्र र झण्डाबाट गाईको चिन्ह हटाउन निर्देशन दिएको थियो । उक्त मान्यता नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल भएको आयोगले उल्लेख गरेको थियो ।

तर आइतबार बसेको राप्रपाको आकस्मिक पदाधिकारीको बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने र आयोगले उठाएको प्रश्न पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *