काठमाण्डाैं । चार महिनासम्म पहिले थाइल्याण्ड र पछि चिनमा उपचार गरेर माअेावादी नेता वर्षमान पुन नेपाल फर्किएका छन । उनी असाेज १३ गते थाइल्याण्डमा उपचारकाे लागि गएका थिए ।
उनी साेमवार साँझ हिमायलयन एयरलायन्सकाे कार्गाे विमानबाट नेपाल फर्किएका हुन । यसअघि उनी विमान चार्टड गरेर स्वेदश फर्किन लागेका चर्चा चलेपनि खासमा उनी कार्गाे विमानबाट फर्किएका हुन । उनलाइ त्रिभुवन विमानस्थलमा माअेावादी कै नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए ।
चार महिनासम्म पत्नी अेानसरी घर्तीकाे साथमा लागेर उनले उपचार गरेका थिए।




