काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। शनिबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएकाे छ ।
केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।




