काठमाण्डौं । सरकारले भोलि सोमवार देखि लागु हुने गरि भिजिट भिसामा विदेश जान नेपालीलाइ रोक लगाएको छ । गृहमन्त्रालयले जारी गरेको नया सुचना अनुसार,भोलि देखि खाडी र मलेसियामा जान रोक लगाइएको छ । कोभिड संक्रमण तिव्र भएको र भिजिट भिसामा विदेश गएका नेपाली कोभिडले गर्दा विचल्ली परेको गुनासो आउन थालेपछि सरकारले तत्काल भिजिट भिसामा विदेश जान रोक लगाएको जनाएको छ । गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेर जारी गरेको सुचनामा यस्तो जानकारी दिइएको हो ।





