खेलकुद

विश्वकप छनोटअघि नेपालले चार देशीय टि२० आई सिरिज खेल्ने

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाल, ओमान, आयरल्यान्ड र युएई गरि चार देशबीच हुने टि२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

विश्वकप छनोट अघि तयारीको लागि आयोजना हुन लागेको उक्त सिरिजको पहिलो खेलमा नेपालले फेब्रुअरी ११ मा ओमानसँग खेल्ने छ । त्यस्तै, दोस्रो खेल फेब्रुअरी १२ मा युएई र तेस्रो तथा अन्तिम खेल नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।

फेब्रुअरी १५ देखि ओमान हुने तय भएकाे ग्लोबल छनोटका लागि नेपालले सन्दीप लामिछानको कप्तानीमा १६ सदस्य टोली घोषणा गरिसकेको छ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली टोलीः-

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *