कला/साहित्य

नियात्रा कविता(हाइबुन)

१.
पानी सम्झेर
नदी धाउन खोज्दा
हान्यो झरिले !
२.
जुनको वस्ती
उज्यालो छरिएको
फैलेको त्रास !
३.
समय चक्र
पाङ्गाको घुमाइमा
खोजेको मन !
४.
साझ ओर्लिदा
झ्याउकिरी करायो
लोलायो आखा !
५.
बाक्लो कुहिरो
अलमल जिन्दगी
लागेको डर !
६.
दृश्य मोहक
गन्तव्य लम्बेतान
नथाक्ने मन !
७.
मिर्मिरे साझ
सुर्यास्त हुन खोज्दा
आत्तेको आट !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *