कला/साहित्य

मेरो हिमाल

मेरो हिमाल अग्लो हाँसेर फेर्छ रङ्ग
रोमाञ्च मञ्च प्यारो जैल्यै उमङ्ग दङ्ग ।१।

निधारमै छ कान्ति टिलिक्क टल्किएको
हियारमा हिराको माला छ झल्किएको ।२।

पग्लेर बोकी पानी मिटाउँदोछ प्यास
ओर्लेर शैल फाँट उचालिंदो सुवास ।३।

निलो आकास थामी ओताउँदैछ बुद्घ
घोकाउँदैछ शान्ति रोकाउँदैछ युद्घ ।४।

चोखो बतास सिर्सिर डुल्दैछ रे किनारा
छोटो नपार छाती सन्देश यो पुकारा ।५।

भूस्वर्गलोक मेची–काली सीमाथलो यो
अनेकता जगेडा माटो मुहार मेरो ।६।

डाँफे मुनाल खेल्ने लाली गुराँस फुल्ने
हिमाल छाँद हाली धर्ती अकास झुल्ने ।७।

*  *     *

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *