काठमाण्डौं । जनता समाजवादीको तर्फबाट मन्त्री वनेकी रेणु यादवलाइ कारवाही गरि मन्त्रीबाट हटाउन प्रधानमन्त्री शेरवहादुर देउवालाइ दवाव पर्न थालेको छ । गत वुधवार जिल्ला भ्रमणमा जादा कालो झण्डा देखाउने सिके राउतको पार्टी जनमत पार्टीको कार्यकर्तालाइ धम्की दिदै गौर काण्ड पुन हुन सक्छ भनेर उनले धम्की दिएको भिडियो सार्वजनिक भएपछि उनलाइ कारवाहीको लागि दवाव परेको हो । वहालवाला मन्त्रीले नै विपक्षी दलका नेता तथा कार्यकर्तालाइ नरसंहार गर्ने धम्की दिएपछि विषय सवेदनशील ढंगबाट अघि बढेको छ । उनलालाइ कारवाही गर्न जनमत पार्टीले त अपिल गरेको छ नै,साथसाथै नेकपा एमालेका नेताहरुले पनि कारवाहीको माग गर्न थालेका छन । हालै मात्र नेकपा एमालेका सचिव योगेश भटटराइले प्रधनमन्त्री शेरवहादुर देउवालाइ मन्त्री यादवलाइ कारवाही गर्न दवाव दिएका छन । उनले यस्ता मानिसलाय मन्त्री वनाएर राख्नु उचित नहुने सल्लाह पनि दिएका छन ।
मन्त्री यादवको विपक्षमा सञ्चार माध्याम र सामाजिक सञ्जालमा मत वन्न थालेको छ । वहालवाला मन्त्रीले नै हिंशात्मक र उत्तेजनात्मक भाषण गर्नु सर्वथा अनुचित भएको भन्दै उनलाइ कारवाही गर्न दवाव वढेको हो । तर,उनको दल जनता समाजवादीले भने अहिलेसम्म मुख खोलेको छैन ।




