काठमाण्डौं । गत साता मात्र विद्यार्थी नेताले कालोमोसो दलेर वेइज्जत गरेका तत्काल कारवाही गर्न दवाव बढेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले गृहमन्त्री वालकृष्ण खाँणलाइ फोन गरेर शर्माको सन्दर्भमा कुनै न कुनै एक्सन नलिइ नहुने अवस्था आएको वताए पछि शर्मा माथि कारवाहीको दवाव वढेको हो । ६ विद्यार्थी संगठनका नेताहरुले अन्याय भयो भन्दै शिक्षामन्त्रीलाइ भेटेर शर्मालाइ कारवाहीको लागि दवाव दिएपछि उनले सिधै गृहमन्त्रीलाइ फोन गरेर यसो भनेका हुन । उनले गृहमन्त्रीलाइ फोन गर्दै अव अवस्था सामान्य नरहेको भन्दै केही न केही एक्सन लिनै पर्ने अवस्था आएको वताए । शर्माको मेडिकल कलेजले विद्यार्थीसंग सम्झौता भन्दा बढी रकम लिएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध प्रदर्शन गरिरहेका छन । शर्मा भने विराटनगरबाट काठमाण्डौंमा आएर शक्ति केन्द्र धाउदै कारावहीबाट जोगिदै आएका छन ।




