काठमाडौं। त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा संचालक समितिको बैठकले त्रि.विद्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । त्रिविले माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परिक्षा स्थगित गर्ने निर्णय गरिएको सूचना सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जारी गरेको सूचनामा भनिएको छ –त्रि.विले हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मको सूचना प्रकाशित गरिएको छ ।
विज्ञप्ति :





