काठमाण्डौं । नेकपा एमालेका नेता गोकुल वास्कोटाले पाच दलसंग एक्लै भिडने चुनौती दिएका छन । पाच दल चुनाव घोषणा गर्न डराइरहेको भन्दै उनले यस्तो चुनौती दिएका हुन । उनले विहिवार सामाजिक सञ्जाल मार्फत यस्तो चुनौती दिदै अविलम्व चुनावको घोषणा गर्न पनि माग गरेका छन । नेता वास्कोटाले सरकारले कोभिड देखाएर चुनाव टार्न खोजेको आरोप पनि लगाएका छन ।
उनले भनेका छन–फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।




