रिबन

प्रधानमन्त्री देउवाकाे अर्काे एक्सन-पीसीआरको शुल्क घट्यो

काठमाण्डाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई पीसीआर शुल्क घटाउन निर्देशन दिएपछि सरकारीमा दुई सय र निजी ल्याबमा पाँच सय रुपैयाँ शुल्क घटाउने निर्णय भएकाे छ। अब सरकारी अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क पीसीआर परीक्षण हुनेछ भने परीक्षणमात्रै गर्नेलाई ८ सय रुपियाँ लिइने छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको शुल्क एक हजार रुपियाँ लाग्दै आएको थियो ।

त्यसैगरी निजी अस्पताल तथा ल्याबले १५ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निनीतर्फ पीसीआर परीक्षणको शुल्क २ हजार रुपियाँ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *