पर्सा । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरलाई बनाएको विरोधमा विरगञ्जमा प्रदर्शन भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्ला पर्सामा भएको प्रदर्शनमा सहभागीहरुले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेका छन् ।
प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको छ । नेपाली कांग्रेस नगर कार्यसमितिको अगुवाइमा वीरगञ्जमा प्रदर्शन भएको हो ।




