१.
फुलेको फूल
जिस्किदै लुक्न खोज्दा
झर्न आतुर !
२.
बाङ्गेको मन
खाल्टोमा बजारिदा
सम्झेको गल्ती !
३.
सुरिलो वास
हल्लिदै उक्लिएको
चिप्लेने हो कि ?
४.
बितेका दिन
मुर्ति बन्न खोजेको
फुलको बास्ना !
५.
प्रकृति हास्दा
वादल फाटिएछ
भिज्दा उज्यालो !
६.
बिद्रीम गाउ
दृश्य नै मस्किएको
कठिन यात्रा !
७.
विचार गर्दै
चेतना अघि सर्दा
निम्त्यो आपत !




