सायद तिमी सुत्न भ्याएनौ त्यो रात
भावनाको गहिराइमा डुबेर
क्षितिजको रङसित खेलेर
कल्पनाको सागर उचालेर
थापिदियौं आफ्नो काख
बगिरहयो एउटा सम्झना
अल्झिरह्यो सुन्दर सपना
छातीभरि उकुसमुकुस बोकेर उच्छवास
आकासमुनि पङ्ख फिजाइरहयौं
एक्लो चकमन्न रातसँग अँगालो हालेर
नबिउझिउन्जेल उडिरह्यौ
अनन्त स्वप्निल श्रृङ्खलामा
घुमिरह्यौं निस्फिक्रीसँग
र ब्युँझदा छाँगाबाट खसेझैँ
मुटुको धड्कन चेपेर बेस्मारी छातीभित्र
एकमनमा प्रफुल्लता अर्को मनमा व्यग्रता साँचेर
तड्पाइरहयौ बेग्लै
खटपटाइरहयौ एक्लै ।
* * *
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




