रिबन

पृथ्वीनारायण शाह महानायक हुन–प्रेम आले

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई महान नायक मान्नु पर्ने बताएका छन्। सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनु पर्ने बताएका हुन्। उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत महत्वपूर्ण रहेको बताए। मन्त्री आलेले नेपालीहरुले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने बताए।

उनले भने- नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो। प्रजा मोटा भए दरवार बलियो हुन्छ। राजाले अन्याय मुलुकमा हुन नदिनु, ठूलो न्याय निसाव हेर्नु, न्याय निसाव बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरि लिएता पनि पाप छैन। यी राजाका महाशत्रु हुन्, जस्ता पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक छन्। पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान नायकको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *