काठमाण्डौं । नेकपा एमालेले गरिरहेको जिल्ला अधिवेशनमा नया लफडा परेको छ । देशभर एकैपटक जिल्ला अधिवेशन गरेको एमालेको मकवानपुरमा चुनावबाट अध्यक्ष चयन गर्ने विषयमा कडा विवाद परेको हो । पुर्वनिर्धारित कार्यक्रम अनुसार,सोमवार विहान ८ बजेबाट अधिवेशनको अध्यक्ष चयनको लागि चुनावी प्रक्रिया थालनी गर्नुपर्नेथियो तर सहमतिको नाममा एकलाल श्रेष्ठलाइ अध्यक्ष चयन गरेको भन्दै नया कार्यसमितिको नाम एकैपटक सुचना पाटीमा टासेपछि नया विवाद सुरु भएको हो ।
मकवानपुरको जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्याशी वद्रीप्रसाद लम्सालले सोमवार विहानै वक्तब्य जारी गर्दै कुनै सहमति नभएको र आफु अध्यक्षको चुनाव कायम रहेको वताएकछन । उनले चुनावको तालिका सार्वजनिक गरेर अचानक सहमति भयो भन्दै अमुक ब्यक्तिलाइ टिका माला लगाउने काम ठिक भएन भनेर आपत्ति जनाएका छन ।





