रिबन

माेदीकाे आरोप-अर्थमन्त्रीलाइ गर्भनरले असफल वनाउन षडयन्त्र गरे

काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन षडयन्त्र गरिरहेकाे आरोप लगाएका छन् । सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहनु भएका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेकाे बताएका छन ।

आईतबार सिंहदरवारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बनेका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले षडयन्त्र गर्न खाेजेकाे वताएका हुन । उनले समितिकाे वैठकमा भने-ठूलाबडाले बैंकबाट ऋण पाईरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ । त्यसलाई कसरी घटाउने ? तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ । विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन ।तपाईहरुको टयूनिङ पनि मिलिराखेको छैन । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नु भएको छ भन्ने पनि न्यूजमा, यहाँ, त्यहाँ सुनिराख्या छौं । यसलाई कसरी सोच्नु भएको छ ? बजारमा त्यो पनि हल्ला छ । तपाईहरुका टयूनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ?

सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *