काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा पुगेर लिपुलेकमा सडक वनिरहेको सार्वजनिक ऐलान गरे । केपी ओली प्रधानमन्त्री हुदा लिपुलेकमा सडक निर्माणको आरम्भ गरेका रक्षामन्त्री राजनाथ सिहको भिडियो सार्वजनिक हुने वित्तिकै नेपालमा हंगामा भएको थियो । तर,यसपटक प्रधानमन्त्री मोदीले नै सगौरव बाटो वन्दै गरेको जानकारी दिदा समेत यसवारेमा कोही चुइक्क वोलेका छैनन । भर्खरै राजदुतबा फिर्ता वोलाइएका निलाम्वर आचार्यले भने मुख खोलेका छन । उनले भनेका छन–के नेपाल चुप छरु चुप बस्न हुँदैन, बोल्नुपर्छ। तर, के, कहाँ, कहिले र कसरी बोल्ने विचार पुऱ्याउनुपर्छ। आफुलाई दुख्दा प्रतिक्रिया जनाउनुपर्छ। लिपुलेक(लिम्पियाधुरामा पुनः हामीलाई दुखाउने काम भएको छ। आशा छ, आधिकारिक स्तरमा पुनः उपयुक्त प्रतिक्रिया जनाइएको होला।
उनले नेपालले प्रतिक्रिया जनाएको होला भनेर अनौपचारिक ब्यग्य कसेका हुन । किनभने यसमा औपचारिक रुपमा कसैले आपत्ति जनाएका पनि छैनन र भारतलाइ कुनै जवाफ दिएका पनि छैनन । आखिर उतिवेला हंगामा गर्ने नेपाली राजनीतिकर्मी,अभियन्ता,कुटनीतिज्ञ यतिवेला किन मौन छन ? यो मौनताको कारण के हो ? लिपुलेक नेपालको हो र यसलाइ समेटेर नेपालले नक्सा समेत जारी गरिसक्यो । तर,भु्मि प्राप्तिको लागि भने कुनै पहल भएको छैन । नक्सामा भुमि पार्नु र नक्सामा परेको भुमिलाइ भोग चलन पनि गर्नु दुइ फरक फरक कुरा हुन । तर,नेपालले एउटा कुटनीतिक नोट समेत किन पठाएन भनेर सवाल उठेको छ । महत्वपुर्ण कुरा के छ भने प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण गत साताको लागि तय भएको थियो तर कोभिडको कारण देखाउदै स्थगीत गरिएको छ । तर,स्वयम मोदी भने देशका विभिन्न भागमा आमसभा गर्दै हिडेका छन । कतै भारतले देउवाको भ्रमण स्थगीत गरेर रिसाएको सन्देश दिएको त होइन ?




