काठमाण्डौं । राष्ट्रिय जनमोर्चाले लिपुलेकमा भारतले वनाउदै गरेको सडक निर्माणलाइ रोक्न माग गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले आइतवार वक्तब्य जारी गर्दै यस्तो माग गरेका हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । यस विषयमा जनमोर्चाले विज्ञप्ति जारी गरेर औपचारिक रुपमा विरोध जनाए पनि अन्य राजनीतिक दलहरु मौन छन् ।
गत वर्ष भारतले नेपालको कालापानी क्षेत्र अन्तरगत पर्ने लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट सडकको उदघाटन गरेका थिए ।
भारतले नेपाली भूमिमा अतिक्रमण जारी राखेको भन्दै नेपालभर विरोध भएको थियो । सरकारले पनि भारत सरकारलाई कूटनीतिक नोट पठाएको थियो ।




