काठमाण्डौं । भारतमा एकै दिन डेढ लाख कोरोना संक्रमित फेला परेका छन।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५९ हजार ४२४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ३२७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ४० हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् ।
सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा ४१ हजार ४३४ , दिल्ली २० हजार १८१, बङ्गालमा १८ हजार ८०२ लगायतका राज्यमा देखिएको छ । १० राज्यमा १ ।२६ लाखभन्दा बढी कोरोनाको चपेटामा परेका छन् ।
यस भन्दा अघि शुक्रबार १ लाख ४१ हजार ९८६, बिहिबार १ लाख १७ हजार १०० जनामा कोरोना पुष्टि भएको हो । अहिलेसम्म भारतमा ३।५५ करोडमा कोरोना देखिएको छ भने ३।४४ करोड संक्रमण मुक्त भएका छन् । त्यस्तै ५ लाख ८३ हजार ६३७ जना सक्रिय संक्रमित छन् ।




