रिबन

प्रधानमन्त्रीको पनि कोभिड टेष्ट,कस–कसलाइ भयो कोरोना ?

काठमाण्डौं । देशका प्रमुख नेताहरुलाइ कोरोना भाइरसले छोएको छ । निकै सतर्क रहदा पनि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ कोभिड भएपछि प्रधानमन्त्री शेरवहादुर देउवा पनि आइसोलेसनमा वसेका छन ।उनले आइतवार कोभिड टेष्ट गर्नेछन । प्रधानमन्त्री देउवाको रिपोर्ट आउनै वाँकी छ तर सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीलाइ पनि भाइरसले छोइसकेको छ । उनलाइ कोभिड देखिएपछि आइसोलेसनमा वसेका छन । मन्त्रीपरिषदका वरिष्ठ सदस्यलाइ नै कोरोना देखिन थालेपछि यसले कस–कसलाइ असर पार्नेछ भन्ने वताउन मुश्किल हुन थालेको छ । यसअघि माओवादी नेता नारायणकाजी श्रेष्ठलाइ पनि कोरोना संक्रमण भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *