विचार

विनयी देउवा : विपक्षी केही त सिक

सीवी खडका

ये जब्र भी देखा है तारीख़ की नज़रों ने,
लम्हों ने खता की थी सदियों ने सज़ा पाई।

यति अर्थपुर्ण शायरी लेख्ने भारतीय शायर हुन-मुजफ्फर रज्मी। उर्दुकाे यति वेजाेड शायरीकाे अर्थ सामान्यत राजनीतिकाे कखरा वुझने सवैले वुझछन।र,उनकाे शायरीकाे भावभुमि के हाे ? कसले,कसलाइ र किन भन्याे अनि रज्मीले याे शायरी लेख्याे ? यसकाे लामाे कथा छ।तर,याे शायरी नेपाली राजनीतिक केही खास पात्रलाइ हेरेर लेखेकाे हाे कि भन्ने लाग्न थालेकाे छ। दशकाैं अघि लेखिएकाे शायरीकाे अर्थ सार्थक पार्न केही बर्षयता नेपाली राजनीतिका धुर्त खेलाडी लागिपरेका छन।तर किन ? कसका लागि ? प्रश्न अनुत्तरित छ।

रिसाएका विपक्षी दलका नेता केपी शर्मा अेालीलाइ मनाउन प्रधानमन्त्री शेरवहादुर देउवा उनकै निवास वालकाेट पुगे।नेपाली सञ्चार माध्यामले याे घटनालाइ जति महत्व दिनुपर्ने हाे उति दिएकाे पाइन्न। तर राजनीतिक क्षितिजमा यसलाइ सानाे वा नजरअन्दाज गर्न मिल्ने सामान्य घटनाकाे रूपमा भने लिन मिल्दैन।

लगातार दुइ पटकसम्म संसद विघटन गरेपछि सत्ताच्युत भएका केपी अेाली अझै पनि संसद विघटन सही थियाे भन्ने ठान्दछन।उनी प्रधानमन्त्री शेरवहादुर देउवाले पनि यसलाइ सही मानुन र संसद विघटन गरून अनि चुनावमा जाउन भन्ने चाहन्छन।यसैकारण उनी संसदप्रतिकाे अनवरत रिसइवी साधिरहेका छन।

सत्तामा हुदा संसद विघटन अनि विपक्षमा रहदा निरन्तर अवराेध गरेर उनी याे संसद काम लाग्दाे छैन भनेर पंगु सावित गर्न चाहन्छन तर यत्राे रिस संसद प्रति किन ? यसरी संसद प्रति इवि राख्दा यसले केवल संसदकाे मात्र ताेहिम गर्छ कि प्रणाालकाे पनि ? यतिवेलासम्म केपी अेाली र नेकपा एमालेले जस्ताे लाेकतान्त्रिक भन्ने दलले नसाेचेकाे विषय यहि हाे ।

कुनै एक ब्यक्तिकाे इगाे काे निशाना राजनीतिक प्रणााली कदापि हुन सक्दैन।कुनै एक ब्यक्तिकाे गल्तीकाे सजाय सन्तान दरसन्तानले पाउने अवस्था सिर्जना हुनु कदापि ठिक हाेइन।तर,यसकाे पर्वाह कसलाइ ?

भारतकाे पश्चिम वंगालकाे नक्सलवारीमा भएकाे नक्सलाइड मुभमेन्टकाे वाछिटा करिव ३० किलाेमिटर पर झापामा पुग्न वेर लागेन।यसकाे असर सुकेकाे खरमा लागेकाे राकाे सरि फैलियाे।नतिजा के भयाे भने २०२८ सालमा डेढ दर्जन नेपाली सामन्ती भन्दै मुन्टाे विहिन भए र यसलाइ राज्यक्रान्ति भनियाे ।सामन्तवादकाे अन्त्य,गणतन्त्र स्थापना,वर्गविहिन समाजकाे निर्माण।यी माग राखेर हिंशामा हाेमिएका थिए-केपी अेाली।

मुलुक अहिले त्यही अवस्थामा छ,जुन कम्युनिषटहरूले नेपाललाइ वनाउन चाहेका थिए।यहा न सामन्तवाद छ न राजतन्त्र। लाेकतन्त्र अहिले छ।संसदलाइ पुरा नमानेपछि सुधारिएकाे संसद लाेकतन्त्रमा अेाली मात्र हाेइन,जनगणतन्त्र ल्याउँछु भन्ने माअेावादी समेत चित्त वुझाएर वसेकाे छ ।तर २०४६ साल देखि संसदीय लाेकतन्त्रमा पाैडि खेलेकाे नेकपा एमालेका अध्यक्ष केपी अेालीलाइ भने संसद जुन जनताकाे सार्वभाैम अधिकार प्रयाेग गर्ने थलाे हाे,त्याे कति पनि रूचेकाे छैन।

ठेट भाषामा भन्ने हाे भने संसदीय भासमा फस्दैनाैं भन्ने माअेावादी संसद विघटनकाे विपक्षमा र संसदीय लाेकतन्त्रमा माअेावादीलाइ समेत ल्याउन सक्रिय एमाले अध्यक्ष यसकाे घाँटी निमाेठन हिजाे सत्तामा रहदा र अहिले विपक्षमा रहदा पनि सक्रिय छन।किन ? कसका लागि ? संसद विघटन हुदा कसकाे मुहारमा खुशी छाउँछ ? पाच बर्ष अहिलेसम्म संसद चल्न नसकेकाे भनेर सारा लाञ्छना सहनु परेकाे इतिहास विर्सेर यसलाइ जसरी पनि छिनाल्नै पर्ने कस्ताे वाध्यतामा छन केपी अेाली ?

शनिवार,सारा प्राेटाेकल भुलेर प्रधानमन्त्री शेरवहादुर देउवा जसरी विनयी भावमा वालकाेटमा पुगेका छन-उसले असली लाेकतन्त्रवादी र मुखकाे लाेकतन्त्रवादीमा कति फरक रहेछ भन्ने देखाएकाे छ।देउवाले वालकाेट पुगेर जे प्रस्ताव राखेपनि एउटा जेस्चर दिएका छन।अब वल अेालीकाे काेर्टमा छ । विनयी बन्ने कि उदण्ड ?

संसद विघटन गरेर प्रणाली जावाेस भनेर धुप हाल्नेलाइ ताण्डव नाच्ने वातावरण वनाउने कि लाेकतन्त्रवादीकाे मुहार खुशी दिने ? जनतामा भ्रमकाे रूपमा रहेकाे एमसिसि सहितका महत्वपुर्ण विषयलाइ थप भ्रमपुर्ण वनाइराख्ने कि छलफल गरेर कि पास कि फेल गरेर मित्र राष्ट्रलाइ असल सन्देश दिने ? यी सारा प्रश्नकाे उत्तर अव वालकाेटकाे वार्दलीबाट दिए पनि हुन्छ र संसदकाे ढाेका खाेलेर दिए पनि हुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *