रिबन

काेभिड भएपछि पनि वालुवाटार गएका प्रचण्डकाे वाँकी भेटघाट वन्द

काठमाण्डाैं।काेभिडकाे शंका भएर पनि पाच दलिय समन्वय समितिकाे शुक्रवारकाे वैठकमा भाग लिन पुगेका नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ अन्तत काेभिड भएकाे पुष्टि भएकाे छ।उनले शुक्रवार नै काेभिड टेष्ट गराएका थिए।माअेावादी सचिवालयका अधिकांश सदस्य काेभिडबाट संक्रमित भएपछि उनलाइ पनि काेभिड भएकाे शंका गरिएकाे थियाे।उनले यहि शंकाकाे विचमा नै टेष्ट गर्न चिकित्सकलाइ खुमलटारमा वाेलाएका थिए तर टेष्ट गर्नु अघि नै उनी वालुवाटारमा वसेकाे वैठकमा भाग लिन पुगे।यसपछि काेभिड टेष्ट गरेका प्रचण्डकाे शनिवार पाेजेटिभ रिपाेर्ट देखिएकाे उनकाे सचिवालय सञ्चालन गरिरहेकी छाेरी गंगा दाहालले लेखेकी छिन।उनले दाहाल अवस्था सामान्य भएपनि वाँकी भेटघाट वन्द गरेका जनाएकी छिन।

माअेावादीमा अध्यक्ष दाहाल मात्र हाेइन,अर्का नेता नारायणकाजी श्रेष्ठलाइ पनि काेभिड भएकाे छ।उनले पनि काेभिड भएकाे पुष्टि गरेका छन।नेता श्रेष्ठले दुइ दिन यता सम्पर्कमा अाएकाहरूलाइ सतर्क रहन भनेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *