रिबन

चीनले वनाउन लागेकाे चक्रपथमा अमेरिकाकाे अडचन !

काठमाण्डाैं।चीनले दाेस्राे खण्डमा वनाउन लागेकाे कलंकी देखि महाराजगञ्जसम्मकाे ८ लेनकाे चक्रपथ मानव मैत्री हाेस भनेर शनिवार खवरदारी गरिएकाे छ।

राजधानीकाे चक्रपथ शंकपार्कमा नागरिक अभियन्ताले खवरदारी गरेका हुन।पहिलाे खण्डमा वनेकाे काेटेश्वर देखिकाे कलंकीसम्मकाे भागमा सहज रूपमा वाटाे काटन,सवारी माेडन वाटाे नवनेपछि दाेस्राे पटक वन्न लागेकाे सडकमा खवरदारी गरिएकाे हाे तर यसरी खवरदारी गर्दा अनाैठाे काम भएकाे छ।

नागरिक अभियन्ताले थालेकाे अभियानकाे ब्यानरमा नै प्रायाेजककाे नाउ उल्लेख गरिएकाे छ।नागरिक अभियन्ताले देशकाे महत्वपुर्ण चक्रपथ वन्न लाग्दा यसलाइ मानव पहुचयुक्त हुनुपर्छ भनेर गरेकाे रयालीमा अमेरिकी सहयाेग देखिएकाे छ।चिनले वनाउन लागेकाे चक्रपथमा सडक मानव मैत्री हाेस भनेर अमेरिकी सहयाेग नियाेग युएस एड र फेज नेपाल लगायतकाे सहयाेग रहेकाे छ।

सडकमा उत्रिकाे भिडले सडकमा फुटपाथ हाेस,ठाउ ठाउमा सडक पार गर्ने ठाउ हाेस भन्ने माग राखेका छन।तर,चक्रपथ सुधार परियाेजनाले पहिलाे खण्डमा भएकाे गल्ती सुधारेर दाेस्राे खण्ड निर्माण गर्ने जानकारी दिइसकेकाे छ।यसकाे नक्सा तयार पार्दा नै सुधार गर्ने सहमति पनि भइसकेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *