समाचार

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । उनी अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *