अमेरिकी राष्ट्रपति जो वाइडेनले आफना देशका नागरिकलाइ अपिल गर्दै भनेका छन–गेट योर वुष्टर डोज ।
कोभिड भाइरसको नयाँ संस्करण ओमिक्रोण फैलिएर हैरान पारेपछि उनले यो अपिल गरेका हुन । सुरु देखि अहिलेसम्म उनको मुल मन्त्र नै खोप भएको छ । अघिल्ला राष्ट्रपतिले खोपलाइ इन्कार गरेपछि उत्पन्न तनाव कम गर्न सुरुवाती चरणमा निकै वल गरेका वाइडेनले सय दिनमा उल्लेखनीय मात्रामा खोप लगाउन सफल भए । यसले ठुलो राहत दियो तर,अहिले ओमिक्रोन भारइस फेरि यसरी फैलियो कि यसले भारी मात्रामा मानिसलाइ विरामी पारेको छ । युरोप, अमेरिका हुदै भारतसम्म यो भाइरस फेरि फैलिएको छ । भारतमा दैनिक ५० हजार भन्दा माथि संक्रमित हुन थालेका छन । कतै कफर्यु त कतै लकडाउनको अवस्था वनिसकेको छ । संसारलाइ फेरि एक पटक यसले आफनो जकडमा राखिसकेको छ ।
वाइडनेको जुन अवस्था थियो अमेरिकामा,नेपालमा प्रधानमन्त्री शेरवहादुर देउवाको उहि अवस्था वन्यो । केपी ओली प्रधानमन्त्री हुन्जेल नेपालमा वेसारपानीको प्रचार चलेको थियो । तातोपानी खाने,हाछयुँ गर्ने कोरोना भाग्छ भन्ने ओलीको मुलमन्त्र थियो । उनले यो मन्त्रदान धेरैपटक गरे । तर,जब देउवा प्रधानमन्त्री भए तब उनले तिनवटा मुख्य काम रहेको सार्वजनिक रुपमा वताए । प्रधानमन्त्रीको लागि मत माग्दै गर्दा उनले भने–मेरा तिनवटा एजेण्डा छन । एक,खोप,दुइ,खोप र तिन,खोप । अर्थात खोपलाइ उनले अति उच्च महत्व दिए । खोपको लागि भनसुन गर्नुपर्ने,कतै लुकेर लगाउनुपर्ने,लाइन वस्नुपर्ने जुन अवस्था थियो त्यो तोडिएर देउवा कालमा यस्तो अवस्था आयो कि खोप कहाँ राख्ने भन्ने स्थान नहुदा विदेशीले दिएको खोप लिने अवधि पर सारियो । अहिले पनि खोप थन्किएर वसेको छ तर सिरिञ्जको अभाव भयो । अर्थात,देउवाले जे भनेका थिए,त्यो गरे ।
आज फेरि ओमिक्रोन भाइरसले च्यापेको छ । यसरी नेपालमा भाइरस फैलनुमा हाम्रो लापरवाहीपुर्ण जिवनशैली नै हो र,यसलाइ वढन मद्धत गर्ने नेपालका राजनीतिक दल नै हुन । शक्ति प्रदर्शन भन्दै दलहरुले गरेको आमसभा,कोणसभा,महाधिवेशन नै हुन–भाइरस फैलनुका मुख्य कारण । यसमाथि हामीले भाइरसको संक्रमण कम हुदै गएपछि नेपाल भारत सिमा नाका पनि खुकुलो पारेका छौं,यसको सोझो असर नेपालमा अबको केही हप्ता देखिनेछ ।
संसारभर कोभिड वढेपछि लकडाउन गर्ने र चुपचाप वस्ने चलन छ । नेपालले यसपटक भने नयाँ खालको मोडल लागु गर्नुपर्छ । नेपालले अब चिनिया वा अमेरिकी वा भारतीय मोडल होइन,पाकिस्तानी मोडल लागु गर्नुपर्छ । भारत भारी मात्रामा कोभिड वढदा पनि पाकिस्तानले न लकडाउन गरयो न स्मार्ट लकडाउन । वरु,त्यहाँका प्रधानमन्त्री इमरान खानले देशको अवस्थाको वयान गर्दै जनतालाइ अपिल गरे कि हामी अरु देश जस्तो महिनौं लकडाउन गरेर पेट पाल्न सक्ने अवस्थामा छैनौं,कृपया मद्धत गर्नुस,लकडाउन गर्दैनौं,तर कोभिडन नवढने वतावारण वनादिनुस । उनको यहि एउटा भिडियो सन्देशले काम गरयो र पाकिस्तानले सफलतापुर्वक कोभिडसंग डटेर सामना गरयो ।
पकिस्तानको जे अवस्था हो,नेपालको पनि उहि अवस्था हो । कोभिड वढयो भन्ने वित्तिकै सिडिओ वसेर लकडाउन गर्ने चलनको यसपटक अन्त्य हुनुपर्छ । लकडाउन कुनै उपचार होइन । रोग फैलन रोक्ने एउटा विधि मात्र हो । के हामी दुरी कायम गरेर गतिविधि सञ्चालन गर्न सक्दैनौं ? स्कुल,कलेज अनलाइन सञ्चालन गर्न सक्दैनौं ? जुन काम अनलाइन विधिबाट सञ्चालन गर्न सकिन्छ,यसलाइ जारी राख्ने,जुन काम भौतिक उपस्थिति मै हुनुपर्छ,यसमा दुरी कायम गर्ने । र,खोप र वुष्टर डोज लगाउन अनिवार्य लगाउन थाल्ने वित्तिकै कोभिडको ओमिक्रोनसंग लडन नसक्ने भन्ने कुरै छैन ।
तर,नेपालमा एकाथरि मानिसहरु कोभिडकै नाममा ब्यापार गरिरहेका छन । उनीहरु एउटा हौवा फैलाएर वातावरण अशान्त वनाउने,यहि नाममा महंगी वढाउने,पलायवादलाइ प्रश्रय दिने धन्दामा छन,जसलाइ सरकारले राम्रोसंग चिर्नुपर्छ ।




