काठमाण्डौं । पुष्पकमल दाहाल प्रचण्ड विरामी थिए । उनले वुधवार देखि नै भेटघाट वन्द गरेका थिए । उनको सचिवालयका दुइ जना वाहेक वाँकीलाइ कोभिड देखिएपछि उनी स्वयमले पनि शुक्रवार घरमै कोभिड टेष्ट गरेका छन । यहि कारण उनले दुइ दिन भेटघाट समेत वन्द गरे । तर,शुक्रवार विरामी अवस्थाकै प्रचण्ड पाचदलिय समन्वय समितिको वैठकमा अचानक सहभागी भए । जबकि यसै दिन उनको कोभिड टेष्ट गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको थियो । भेटघाट समेत वन्द गरेर वसेका प्रचण्ड हतारिएर किन वैठकमा गए ? किनभने यो उनको चाहनाको वैठक थियो । वैठकमा के छलफल भयो र यसले के निष्कर्ष निकाल्यो त्यो वेग्लै प्रशंग हो । तर,प्रचण्डलाइ यो समन्वय समिति कति महत्वपुर्ण छ भन्ने कुरा यसबाट वुझन सकिन्छ ।
गिरिजाप्रसाद कोइराला वडा चिन्तित थिए । एक दिन उनले आफना अति निकटका नेतालाइ भने–अव म चुप लागेर वस्दिन । देशमा गणतन्त्र आएको थियो । माओवादीलाइ हिंशात्मक राजनीतिबाट अवतरण गराएर कांग्रेसले शान्तिको पथमा ल्याएको थियो । तर,यति महत्वपुर्ण काम गरेको कांग्रेसले चुनाव हारेको थियो । प्रत्यक्ष तर्फको २४० सिट मध्ये १२० सिट माओवादी एक्लैले जित्यो । पार्टी र आफनो राजनीतिक जिवन नै दाउमा राखेर हतियारवन्द आन्दोलन गरिरहेको माओवादीलाइ शान्तिपुर्ण राजनीतिमा ल्याउने गिरिजाप्रसाद कोइराला यसपछि सत्ता बाहिर थिए । यो देशको ढुंगा माटो,वालुवा सव माओवादी भएको वेला थियो त्यो । एकदिन अचानक गिरिजाप्रसाद कोइरालाले अब उच्चस्तरिय राजनीतिक संयन्त्र वनाए । यसको संयोजक उनी भए र सदस्यहरुमा पुष्पकमल दाहाल प्रचण्ड अनि माधव कुमार नेपाल भए । देशमा वैधानिक सत्ता एकातिर सिहदरवारमा थियो तर सरकारभन्दा माथि अर्को सरकार वन्यो–उच्च स्तरिय राजनीतिक संयन्त्र । आखिर किन चाहियो त यो संयन्त्र ? कोइरालाले आफना निकटस्थलाइ भनेका थिए–सत्ताबाट बाहिरिएपछि कसैले वास्ता गर्दोरहेनछ । हुदाहुदा त्यो चिनकाजी पनि म कहाँ आउन छाडयो । सत्तामा हुदा होस वा नहुदा भेटने मानिसको लाइन हुने गर्दथ्यो,गिरिजाप्रसादको निवासमा । यो चलन अन्य नेताको पनि उतिकै छ । तर,सत्ताबाहिर भएपछि भीड स्वभाविक रुपमा घटने गर्दछ ।
नेपाल शक्तिपुजकहरुको भुमि हो । वलेको आगो ताप्ने गरिन्छ । सत्ता,शक्ति भन्दा पर रहेको मानिसलाइ वास्ता नगर्ने चलन वढदो छ । जिवनभर राजनीति गरेको नेताको घरमा जब कार्यकर्ताको भीड कम हुन थाल्दछ तब वुझे हुन्छ उ शक्तिबाट पर भएछ वा प्रभावशाली हुन छाडेछ भनेर । नेताले जब यो कुरा महशशु गर्न थाल्दछ तब उसले शक्ति आर्जनको लागि अनेक प्रपञ्च रच्ने गर्दछन । राजतन्त्र फालेर गणतन्त्र ल्याउने गिरिजाप्रसाद कोइरालालाइ जब सत्ता बाहिर वस्नु परयो अनि सानो दलको नेता भएर अपमान सहनु परयो तब उनले एउटा ब्युह रचे–उच्च स्तरिय राजनीतिक संयन्त्र । उतिवेला शान्ति प्रक्रिया अन्त्य भएको थिएन,सेना समायोजनको काम वाँकी थियो भने सत्यनिरुपण,वेपत्ता छानवीन यावत काम वाकी थियो । राजनीतिका माहिर खेलाडी कोइरालाले जब माओवादीमा चुनाव जितेको उन्माद देखे तब यसलाइ लगाम लगाउन पर्छ भन्ने विचार आयो । उनले वहर गोरु जस्तो भएको माओवादीलाइ कुनै न कुनै तवरमा आफनो कब्जामा राख्न उच्चस्तरिय राजनीतिक संयन्त्र निर्माण गरे । राष्ट्रपति आफनो हातबाट फुस्किएको थियो,प्रचण्ड वारम्वार विद्रोहको कुरा गर्दथे र, माओवादीलाइ छुट दिन हुन्न भन्ने कटटरपन्थी अर्को समुह पनि सक्रिय थियो । यस्तो वेलामा कोइरालाले उच्चस्तरिय राजनीतिक सन्यत्र वनाए र आफैले नेतृत्व गरे । यसो गर्दा प्रचण्ड प्रधानमन्त्री भएपनि,संसदको ठुलो दल माओवादी भएपनि,जनमत माओवादीको पक्षमा भएपनि खास परेन । किनभने संयन्त्रमा वहश गरेर पास भएपछि खास ठुला निर्णय सरकारले लागु गर्ने अवस्था वनाइयो । यो सवै किनभयो भन्दा माओवादीलाइ ट्रयापमा पार्नको लागि । यसरी माओवादी एउटा शेपमा आयो । नत्र,उसले अनेक सेनापति प्रकरण गरिसकेको हुन्थ्यो किनभने शहरी विद्रोह गरेर सत्ता नै कब्जा गर्ने उसको मनशाय पछि सम्म थियो ।
तर,आज यो परिस्थिति छैन । मिलिजुली सरकार छ र सरकार सञ्चालनको लागि न्युनतम साझा कार्यक्रम वनिसकेको छ । र,सरकार अब धमाधम चुनाव गराउनुपर्ने अवस्थामा छ । तर,वस्तुगत अवस्था कस्तो छ भने कोभिडले फेरि पनि च्याप्न थालेको छ र यसबाट देशलाइ जोगाउनु छ । अर्थतन्त्र मजवुद गर्नुछ । राजनीतिक दल र सरकारको ध्यान यता जान जरुरी छ । यस्तो बेलामा उसै त मिलिजुली सरकार छ,यसमाथि पाच दलिय समन्वय सयन्त्र किन ? किनभने अब हुने नियुक्ति,भागवण्डामा समान सहभागीताको लागि । यो भन्नुको मतलब सरकारलाइ लगाम लगाउनु हो,स्वतन्त्रतापुर्वक काम गर्न नदिनु हो । यदि विभिन्न वहानामा सरकारलाइ दवाव दिइन्छ र विभिन्न काण्डको साक्षी वस्न लगाइन्छ भने प्रधानमन्त्री शेरवहादुर देउवाले हिम्मत गरेर भनुपर्छ–यो सरकार मलाइ चाहिन्न । आज यति देखि ओम्नीसम्म । नारायणहिटीमा चियापसल राख्छु भन्ने वतास देखि गोकर्ण रिसोर्ट हडप्ने यतिसम्म । सडकको जिम्मा लिएर बर्षौं अल्झाउने प्रचण्डका घरवेटी देखि मेडिकल माफिया दुर्गा प्रसाइंसम्म जुन तागतमा उफ्रिरहेका छन,तिनको तुजुक धेरै भयो । यसमा सरकार कडा रुपमा उभिएको जनता हेर्न चाहन्छन । तर,मुलुकका ८–१० घरानिया ब्यापारीले यो देशका नेतालाइ कब्जा गरेर राखेका छन,यसमाथि संयन्त्रको नाममा प्रधानमन्त्रीको हात वाध्ने षडयन्त्र पनि हुन्छ भने यसमा प्रधानमन्त्री चुप वस्नु हुन्न । संविधानले नचिनेको सयन्त्रलाइ सयन्त्र भन्दा षडयन्त्र भन्नु उचित हुन्छ ।




