विचार

सार्वजनिक सम्पत्तिको चरम लूट !

सार्वजनिक सम्पत्तिको दोहन र दुरुपयोगका श्रृङ्खलाबद्ध घटनाक्रमहरुले नेपालको राजनीतिक र प्रशासनिक संयन्त्र कत्तिसम्म निकृष्ट र भ्रष्ट छ भन्ने प्रष्टयाउँछ । हामीर्ला हेर्ने दृष्टिकोण कस्तो बनिरहेको छ भन्ने पनि अनुमान लगाउन सकिनछ । देशर्ला खोक्रो बनाएर व्यक्ति किन मोटाउँछन्, राज्य दुर्बल व्यक्ति शक्तिशाली किन हुन्छन् ? उच्चपदस्थका छोराछोरी, नातागोता र आफन्त किन विदेश पलयान हुन्छन् ? देशका नीति निर्माता र सञ्चालकहरु किन आफ्ना सन्ततिहरुलाई नेपालमा असुरक्षित महसुस गर्छन् भन्ने तथ्य खोज्न धेरै अध्ययन र अनुसन्धान आवश्यक छैन । सरकारी विद्यालयका प्रधानाध्यापक आफ्ना छोराछोरीलाई निजी विद्यालय पढाउँछन् । शिक्षामन्त्री, सचिव र उच्च पदस्थ कर्मचारी आफ्ना छोराछोरीलाई राज्यको लगानी रहेको र आफै नीति निर्माता रहेको सरकारी विद्यालयमा पठाउन चाहदैनन । अनि कसरी सामुदायिक विद्यालयको स्तरोन्नति हुन्छ र आम नेपालीका छोराछोरीले स्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ?

देशमा चलिरहेको लूटतन्त्र र त्यसलाई संरक्षण गर्ने राज्य संयन्त्र कस्तो गिरोहमा फस्दो रहेछ भन्ने उदाहरण बतास समूहको सार्वजनिक सम्पत्तिमाथि एकाधिकारबाट स्पष्ट हुन्छ । नारायणहिटी दरबारमा क्यापटेरिया सञ्चालन गर्नेदेखि पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने, सेती दोभानमा एकाधिकारलगायत घटनाक्रम हेर्दा लाग्छ, राज्य व्यवस्था जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरुबाट नभई भ्रष्ट, दलाल र तस्करहरुबाट भएको छ । हरेक क्षेत्रमा त्यस्तै व्यक्तिहरु निर्णायक र सफल हुन भन्ने देखिन्छ । समाजले सफल भनेका व्यक्तिहरु दलाल, तस्कर, माफिया र डनहरु नै छन् । त्यभित्र व्यवसायको नाउमा कालो धन्दा गर्ने र राज्यलाई शोषण गर्न सक्ने ‘असाधरण क्षमता’ भएका व्यक्तिहरु नै छन् । जुन व्यक्तिको हैसियत अस्वभाविक छ, जसको वैधानिक श्रोत खुल्न सक्दैन जसको निश्चित व्यवसाय छैन, जो बेकामे छ उसको सम्पत्ति हैसियत व्यापक देखिन्छ । सले हाम्रो समाजको चरित्र चित्रण पनि गर्दछ । कस्तो संस्कार र संस्कृतिको विकास गर्दैछौं ? कस्तो प्रवृत्ति र पात्रलाई देशमा स्थापित गराएर इमान्दार स्वभिमानी र निष्ठावान मानिसलाई तल माथि–माथि विस्थापित गर्दैछौं भन्ने विषयमा अध्ययन गर्ने उपयुक्त थलो नेपालको राज्य व्यवस्था बन्दै गएको छ ।

यति, ओम्नी, बालुवाटार, बतास, नेपाल वायु सेवा लगायतका छताछुल्ल भएको घटनाहरुले नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रको बद्नामी गरेको मात्र छैन, राष्ट्रिय चरित्र र परिचय नै फेरबदल गरेको छ । कस्तो मानसिकतामा काम भइरहेको छ, कस्तो व्यक्तिहरु राज्यको पहिचानमा आएका छन् ? कस्तो योग्यता आवश्यक छ ? सबै क्षेत्रबाट असफल र अयोग्य ठहरिएको, माध्यमिक शिक्षा नै पूरा नगरेको, अरुले परीक्षा दिएर सर्टिफिकेट लिएको चार, हरफ लेख्न नजान्ने र नसक्ने व्यक्ति माथिल्लो दर्जामा पुगेको छ । उसलाई सबैले भनिदिनुपर्ने, सोच र चिन्तन हाबी भएको छ । कुनै व्यवसाय नै नगरेको व्यक्तिको आलिसान महल, महँगो सवारी साधन, सुविधा सम्पन्न हैसियत, ब्राण्डेड लुवाइखुवाई कहाँबाट आउँछ त्यसको व्यवस्था कसले गरेको छ ? बतास समूह सञ्चालन गर्नेले बालुवाटारको जग्गा हड्प्नेहरुले, यति र ओम्नीका सञ्चालकहरुले ठेकेदार, डन र व्यापारीहरु त आफै राज्य सञ्चालक भइसकेका छन् ।

अन्य क्षेत्रका दलाल, तस्कर र माफियाहरुले राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च पदस्थ नीति निर्माताहरुले खरिद गरेर आफ्नो अनुकूलको उर्बर भूमि बनाउँदै इमान्दार र निष्ठावान राष्ट्र सेवक, राजनीतिज्ञ र भविष्यका कर्णधार बालबालिकाहरुलाई १२ कक्षा सक्न नपाउँदै विदेसिन बाध्य बनाएका छन् भने हात पाखुरा बलिया भएकाहरुलाई खाडी, कालापत्थर, पञ्जावलगायतको श्रम बजारमा दिनहुँ लस्कर लागेर निस्कन विवश भएका छन् । यो राष्ट्रिय दुर्दशा निम्त्याउने काम राष्ट्रिय लुटेराहरुबाट भएको छ । जसले लुट्न सक्यो ऊ बलियो, सक्षम र योग्य भन्ने र बन्ने परिभाषा बन्न थालेको छ । यति ठूलो राष्ट्रिय अपराध हुँदासमेत यहाँ हलचल आएको छैन । स्वभाविक घटनाजस्तो भएको देखिन्छ । महिनौंदेखि न्यायापालिकामा आन्दोलन जारी छ, त्यसप्रति सम्बन्धित सरोकारवालाहरु गम्भीर छैनन, संसद बन्धक भएको छ, बलियो सरकार ढलेर गठबन्धन सरकार बनेको छ, यसले सम्झौताको सहज बाटो अवलम्बन गर्न खोज्दैछ । संघीयताको अभ्यासमा प्रारम्भदेखि नै ढुंगा लाग्न थालेको छ । मन्त्रालय फुटाएर र बढाएर राज्यलाई अनावश्यक व्यहभार बढाउँदै लगिएको छ । यो कुन प्रयोजनका निम्ति भन्दा दलीय भागवण्डा र व्यवस्थापनका लागि भएको हो । जनताको सेवा र सुविधाका खातिर निर्णय लिइएको होइन । यसतर्फ कसैको पनि गम्भीरता छैन । किन राष्ट्रिय सोच र दृष्टिकोण बन्दैन ? व्यक्तिगत आग्रह र अहंकार मात्र निर्णायक भएको छ ? भन्नेतर्फ एकछिन सोच्ने फुर्सद छैन । कुनै न कुनै किसिमको अपराध गरेको व्यक्ति मात्र राजनीतिमा योग्य हुनसक्ने परिस्थिति बन्दै गएको छ । कस्ता कस्ता व्यक्तिहरु दलको नीति निर्माण तहमा आएका छन् ? उनीहरुको पृष्ठभूमि के हो ? आपराधिक, अयोग्य, भ्रष्ट, दलाल र तस्करहरुको लागि अनुकूल हुने र त्यही पृष्ठभूमिका मानिसहरु निर्णायक र सफल देखिने परिवेश बनेको छ ।

सरसर्ती हेर्दा चारैतिर अन्धकार देखिन्छ । राज्य संयन्त्र, राजनीतिक दल, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र, न्यायपालिका, व्यवस्थापिका, कहाँलीलाग्दो भ्रष्टाचार, गरिबी, महँगी जस्ता विषयवस्तुले कसैलाई गम्भीर बनाएकै छैन । कसरी अस्वभाविक आर्जन गर्ने आम्दानीको श्रोत नहुने तर महँगो जीवनशैली र तडकभडक पूर्ण व्यवहार हुने, उसको सामाजिक हैसियत बन्ने जस्ता दृष्टान्तहरुले हामीलाई कतातिर लैजाँदैछ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *