कला/साहित्य

पुष्कर लोहनीका हाइकु

१,
बाँस ठड्याएँ
पुल हाल्न खोजेको
किला दोब्रियो ।
२,
सुत्नै सकिनँ
लामखुट्टे – टोकाइ
खुकुलो कट्टु ।
३,
बाँसुरी बज्छ
पानीभित्र गोपिनी
कृष्णको जाल ।
४,
रुखको हाँगा
बटुलेर झुन्डियो
नारी- आवाज ।
५,
आँखा जुधेथ्यो
जोगाउन सकिनँ
शरीरै चिरा ।
६,
इच्छा कस्सिँदा
गाँठो पर्न थालेको
पसिना थाक्छ ।
७,
खेलाएँ मात्र
भास्सिएको लहड
भत्केको बाँध ।
८,
तृप्ति बाटेको
अघि सर्दा मसक्क
पहाड ढल्दा ।
९,
मह चाटेको
फूलको अनुहार
भुसुक्कै बिर्सेँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *