समाचार

फेरि वढयो संक्रमण,अब के गर्ने ?

काठमाण्डौं । ओमिक्रोन भाइरसले च्याप्दै ल्याएपछि सरकारले नीति परिवर्तन गर्न थालेको छ । दैनिक संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि अब के गर्ने भनेर सरकारले परामर्श गरेको छ । भाइरस संक्रमितको संख्या बढदै गए फेरि पनि सिनेमा हल,नाइट क्लव वन्द गर्ने सकारको तयारी रहेको छ । शुक्रवार नै स्वास्थ्यमन्त्री विरोध खतिवडाले भिडभाड हुने ठाउ वन्द गर्ने वताएका छन । तर,अहिले पनि नेकपा एमालेले जिल्ला अधिवेशन गरिरहेको छ भने अन्य राजनीतिक दलले पनि सभा समारोह गरिरहेका छन ।

स्वास्थ्यकर्मीहरुले भाइरस समुदायस्तरमा सरेको वताइरहदा पनि राजनीतिक पार्टीहरुले भने यसलाइ गम्भीरतापुर्वक लिएको पाइदैन । यता स्वास्थ्यकर्मीहरुले भने चिसोमा भाइरस संक्रमण झन वढने अनुमान गरेका छन । नेपालको सिमा जोडिएको भारतमा संक्रमण वढदा नेपालमा यसको असर पर्ने देखिन्छ भने अर्कोतिर जाडो महिनामा झयालढोका वन्द गरेर वस्ने हुदा पनि भाइरसले असर गर्ने देखिन्छ । कोभिडबाट जोगिन ब्यक्तिसंगको सम्पर्क कम हुनुपर्छ भने वन्द कोठा भन्दा खुल्ला स्थान नै रोज्नुपर्छ ।

तर,संक्रमण कम गर्न मास्क लगाउने,हात धुने,दुरी कायम गर्ने र भ्याक्सिन लगाउने नै यसको विधि हो । यसो गर्दा नै कोभिडलाइ नियन्त्रण गर्न सकिन्छ । नेपालमा अहिले भ्याक्सिन लगाएका र एन्टिवडि वनिसकेको ठुलो जनसंख्या छ । यसकारण पनि लकडाउन भन्दा अन्य स्मार्ट विधि अपनाउनु उचित हुने विज्ञको सुझाव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *