काठमाण्डौं । तालिवान शासनको विरोधमा महिलाहरु अफगानस्तानमा आन्दोलित भएका छन । युवतीहरुलाइ वन्देज र कडाइ गर्ने सरिया कानुन ब्यँुताउन थालेपछि महिलाहरु आन्दोलित भएका हुन । सत्ता ढालेर पुन कटटरपन्थी तालिवान सत्तामा आएपछि विस्तारै उनीहरु कडाइ गर्न थालेका छन तर तालिवान शासनको खिलाफमा महिलाहरुले हत्केलामा लेखेर विरोध जनाउन थालेका छन । उनीहरुले तालिवानले महिलाइ पढन लेख्न वन्देज गरेको विरोधमा हत्केलामा लेखेर विरोध गरेका हुन । उनीहरुले भनेका छन–यदि तिमी किताव र कागज खोसेर लैजान्छौ भने हामी हत्केलामा कानुन लेखेर न्यायको लागि अपिल गर्छौं ।




