काठमाण्डौं । प्रधानमन्त्री शेरवहादुर देउवा एमसिसीलाई लिएर दोमनमा परेका छन । नेपालको जनमत एमसिसीको विपक्षमा भएपछि उनी अब के गर्ने भन्ने परामर्शमा लागेका छन । भर्खरै महाधिवेशन सकेर वसेका देउवाले पार्टीका नेताहरुसँग एमसिसि के गर्ने भनेर परामर्श गरेका हुन ।
देउवाले वुधवार गरेको पार्टी भित्रको आन्तरिक सल्लाहमा फेल हुने अवस्थामा एमसिसिलाइ अघि नवढाउने बताएका छन । कांग्रेस पार्टीका एक पदाधिकारीका अनुसार,फेल हुने अवस्थामा एमसिसी अघि नवढाउने देउवाको भनाइ छ । ती पदाधिकारी अनुसार,चुनावको मुखमा पास नहुने गरि संसदमा एमसिसि लैजादा असर पर्ने गरि प्रस्ताव नलैजाने सहमति भएको छ ।




