काठमाण्डाैं।पुर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली पश्चिमा दार्शनिक सुकरात भन्दा हजाराैं वर्ष अघि नै नेपालमा दार्शनिक जन्मेकाे दावी गरेकाे छन।वुधवार राजधानीमा वाेल्दै उनले पुर्वीय दर्शन र ज्ञान निकै अघि भएकाे भन्दै यसलाइ पछि पारेर पश्चिमाले उछिनेकाे वताए।उनले भने-लक्षमीप्रसाद देवकाेटाले प्रमिथस लेखेका छन,उनकाे ज्ञानकाे तुलना कहीं हुन्न।हाम्रामा कति विद्धान छन कति।तर यहाँ वलेकाे आगाेमा दाउरा थप्ने काेही भएन,उनीहरूले हामी नै सवै जान्ने भनेर प्रचार गरे।
अध्यक्ष अेालीले पश्चिमाले सुकरातलाइ दार्शनिक भनेर गरेकाे प्रचारमा पनि विमति राखे।उनले सुकारत भन्दा हजाराैं बर्ष पहिलाे नेपालमा अष्टावक्र ऋषि रहेकाे वताए। उनले हाम्राे पुर्वजसंग कसैकाे तुलना हुनै नसक्ने पनि वताएका छन।
उनले यस्ता काममा सवैलाइ लाग्न सुझाव दिदै यस्ताे खाेजवीन र यसकाे प्रचारमा सक्दाे सहयाेग गर्ने पनि वताए।




