रिबन

शेखरले भने- सभापतिज्यूले कुन मापदण्डअनुसार मनोनयन गर्नुभयो जान्न चाहन्छौं

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । 

कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् । अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।

कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे । ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।

डा.कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे । 

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।

भेलामा कोइरालाले गरेको सम्बोधन-

साथीहरु !

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुयाउने अभियानमा विश्राम लागेको छैन पार्टीको १४औं महाधिवेशनले केही साथीहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पुयाएको छ भने केही साथीहरुलाई पदिय जिम्मेवारीबाट बाहिर राखेको छ ।

१० संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन । त्यस कारण हामी अग्नि परिक्षामा छौं ।

२० हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र सहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन तर यति भनिरहंदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हो, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रकृयाले पार्टीमा उजाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।

३० पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्डू अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो । हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।

४० सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने रु

मलाई थाहा छ । हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने मलाई लाग्छ हामी सक्छौं।

साथीहरु

हाम्रा अगाडिका बाटाहरु सहज छैनन, तीन तहको निर्वाचन हाम्रो सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौं। कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनी र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौ। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा न्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।

जय नेपाल

डा। शेखर कोइराला

२१ पौष २०७८

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *