रिबन

डा.शेखरको दोहरो भुमिका,गुट वनाउदिन भन्दै भाग खोज्न थाले

काठमाण्डौं । अनुपम फुडल्याण्डमा १४ औं महाधिवेशनमा सभापतिमा हारेका डा.शेखर कोइराला पक्षधर नेताहरु मंगलवार वैठकमा थिए । तर,अपरान्ह उनको सचिवालय सम्हालेका दिनेशचन्द्र थपलियाले सामाजिक सञ्जाल टिवटरमा लेखे– डा शेखर कोइरालाले आज मंगलबार अहिले दिउँसो आफु निकट नेताहरूको बैठक बोलाउँनुभएको भन्ने समाचार सत्य होइन।
कांग्रेस महाधिवेशनभर उनले यहि ठाउमा सचिवालय राखेर चुनाव जित्ने रणनीति वुनेका थिए । उनले वुनेको जालोले ठुलो सफलता पायो तर उनी स्वयम भने बिजयी हुन सकेनन । तर डा.कोइरालाको सचिवालयले होइन भन्दा भन्दै यहि ठाउमा कोइरालापक्षधर नेताहरुको वैठक वस्यो । वैठकमा डा.कोइरालाले सभापति शेरवहादुर देउवाले हेपेको आरोप लगाए । उनले गुटवन्दी गर्दिन भन्दा सभापतिले वेवास्ता गर्न थालेको भनेर गुनासो गरे । महाधिवेशनमा आफुलाइ सहयोग गरेका नेताहरुलाइ उनले राष्ट्रिय सभा चुनाव एकलौटी उम्मेदवार तय गरेको देखि पार्टीमा वरिष्ठता कायम गर्दा पुछारतिर आफुलाइ राखेको गुनासो समेत गरे । उनले अब यसरी सहेर नवस्ने पनि वताए । र,उनलाइ वल दिने काम भने दुइ डाक्टरले गरे–डा.चन्द्र भण्डारी र डा.मिनेन्द्र रिजाल । यसरी गुटवन्दी गर्दिन भन्दै उनी गुटवन्दामा उत्रिएका मात्र छैनन,यो अधिवेशनमा मात्र उम्मेदवार हुन्छु भनेका डा.कोइरालाले उमेर र स्वास्थ्यले साथ दिउञ्जेल राजनीति गर्ने पनि वताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *