रिबन

प्रचण्डकाे के कुरा ? जनार्दनकाे परिवार कै ९ जना केन्द्रिय समिति सदस्य !

काठमाण्डाैं।भर्खर महाधिवेशन सम्पन्न गरेकाे नेकपा माओवादी केन्द्रमा परिवारवाद हावी भएकाे छ। महाधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हावी भएकाे चर्चा चलिरहदा पार्टी भित्रका अर्का प्रभावशालि नेता जनार्दन शर्माकाे हैकम पनि कम छैन।

अर्थशास्त्रकाे सामान्य ज्ञान समेत नभएका उनी अर्थमन्त्री मात्र भएका छैनन,यसपटककाे महाधिवेशनमा हावी पनि भएका छन।बर्षमान पुन नेपालमा नभएकाेले उनी झन प्रभावशाली देखिएका छन।

माओवादी स्राेतका अनुसार उनकाे परिवारका सदस्य मात्र ८ जना केन्द्रिय समितिमा छन भने एक जना कर्णाली प्रदेशमा रहेका छन। पार्टी केन्द्रिय समितिमा शर्मा परिवार नै ८ जना रहेका छन। केन्द्रिय समितिमा स्वयम जनार्दन शर्मा प्रभावशाली नेता भएर वसेका छन। यस्तै,

भाइ अनिल शर्मा,बहिनी नारायणी शर्मा,बहिनीज्वाइ ओमनाथ ढुंगाना, अर्का भाइ राजकुमार शर्मा,भतिजो जगप्रसाद शर्मा,ठुलो बुवाको छोरा बसन्त शर्मा,माइलो बुवाको छोरी लुम्बिनी गौतम रहेका छन।

यति मात्र हाेइन,शर्माले भाइ वुहारी पर्ने विमला केसीलाइ कर्णाली प्रदेशकाे अध्यक्ष वनाएका छन।उनी यसअघि साेही प्रदेशमा मन्त्री समेत भएकी थिइन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *