काठमाण्डाैं। २०७६ साल माघ २२ गते संसदकाे अर्न्तराष्ट्रिय सम्वन्ध समितिमा तत्कालिन पर्यटन मन्त्रीकाे हैसियतमा पुगेका थिए-एमालेका सचिव याेगेश भटटराइ।एमाले भित्र निकै आश गरिएका युवा नेता भनेर परिचित उनै भटटराइले समितिमा पुगेर सांसदहरू समक्ष यसाे भनेका थिए-नारायणहिटी दरबारमा कुनै पनि होटल बन्दैन यो संग्राहलयकै रुपमा रहनेछ। संग्राहलयको मापदण्डभित्र रहनेछ। होटल बनाउने योजना पनि छैन। बन्दा पनि बन्दैन। बरु कफी सपसम्म बन्न सक्छ। अरु कुनै व्यापारिक प्रयोजनका लागि संरचना बन्दैन।
तर यसकाे ठिक २ वर्षपछि २०७८साल पुष २० गते उनले लामाे फेसवुक स्टाटस लेखेर नारायणहिटी दरवारमा रेष्टुरेन्ट वन्ने कुरामा कुनै संलग्नता नभएकाे वताए।उनले भनेका छन-यदि मैले निर्देशन दिएर वतास समुहले रेष्टुरेन्ट खाेलेकाे हाे भने मेराे हस्ताक्षर सहितकाे लेखाेट सार्वजनिक गर्नुस।

उनले दिएकाे याे स्पष्टिकरण हाेइन,खासमा चुनाैती हाे।
दुइ दिन यता नारायणहिटी दरवार संग्राहलयमा रेष्टुरेन्ट वनाउन सरकारले दिएकाे कुराले राजनीति तातेकाे छ।यतिवेला एमालेबाट विभाजन भएर वनेकाे नेकपा एकिकृत समाजवादीका नेता प्रम अाले पर्यटन मन्त्री छन।तर जब सरकारले रेष्टुरेन्ट खाेल्न दिएकाे खवर सार्वजनिक भयाे तब उनले मंगलवार नै यसलाइ खारेज गरिदिए।
नारायणहिटीमा कफिसप वन्न सक्छ तर हाेटल वन्दैन भन्ने याेगेश भटटराइ भने रेष्टुरेन्ट खाेल्न मैले दिएकाे हाेइन भन्दैछन।दुइ वर्ष अघि सांसदहरूलाइ नै दिएकाे वयान उनले भुलेका छन।र,पुरानाे कुरा अरूले विर्से र नविर्सेकाे भए विर्सिउन भन्ने उनले चाहेका छन।तर,इतिहास यसरी एक रातमा मेटिदैनन वरू उत्खनन गरे अनेक तथ्य भेटिन्छ भन्ने उनले भुलेका छन।
एमाले भित्र आश लाग्दाे युवा नेताकाे छवि वनाएका भटटराइ अन्तिम समयमा माधव नेपाल छाडेर केपीतिर लागेका थिए।उनै भटटराइ अहिले खेदाइमा परेपछि उम्कन हस्ताक्षर सहितकाे निर्देशन पेश गर भनेर पन्छिन खाेज्दैछन।




